
पोखरा । कोरोना (कोभिड–१९) संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा ब्राजिल दोस्रो स्थानमा आएको छ ।
वल्र्डोमिटर्सका अनुसार ब्राजिलमा गत २४ घण्टामा मात्रै ८४ हजार ४७ जनामा कोरोना पुष्टि भएसँगै भारतलाई पछि पार्दै ब्राजिल दोस्रो स्थानमा उक्लिएको हो ।
हालसम्म ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ६८ हजार ३१६ पुगेको छ ।
तीमध्ये १ करोड ९८० जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि ब्राजिलमा थप ४२ हजार ४१४ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १५२ संक्रमितको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ७५ हजार २७६ पुगेको छ ।
हाल ब्राजिलमा १० लाख ९२ हजार ६० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
यसैगरी, तेस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १३ लाख ३३ हजार ४९१ पुगेको छ । गत २४ घण्टामा पनि २७ हजार ५१२ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १५७ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ४८३ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ९ लाख ७१ हजार ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि भारतमा थप २४ हजार ९५ जना निको भएका हुन् ।
हाल भारतमा २ लाख ३ हजार ६६१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
