
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पदबाट हटाए पनि चुनाव जितेर पुनः पदमा फर्कने बताएका छन् ।
शनिबार राजधानीमा अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उनले २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कने उल्लेख गरे ।
“कसैले जालझेल, षड्यन्त्र गरेर हटाउन सक्छ भने हटाओस् । २० महिनापछि सूय चिह्नधारी एमाले दुईतिहाइ बहुमतसहित सिंहदरबारको मूलगेटबाट पस्छौँ,“ उनले भने ।
यस्तै, प्रधानमन्त्री ओलीले पार्टीको काम गर्न, देशको विकास गर्न नेपाल–खनाल पक्षलाई पनि सच्चिएर पार्टीमा आउन आग्रह गरेका छन् ।
उनले सबैलाई समान अवसर दिने भन्दै आफुहरुले बनाएको बाटोलाई अगाडी बढाउन आउने सबैलाई स्वागत गर्ने बताए ।
उनले माओवादी केन्द्रबाट आउने नेता कार्यकर्तालाई अनि स्वागत गर्दै एमाले अब पहिलाको नेकपा नै भएको बताए ।
