कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

538
0
Share:

कञ्चनपुर । कञ्चनपुरमा एक १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।

जिल्लाको पुर्नवास नगरपालिका–२ मा शुक्रबार साँझ ७ बजे कलम किन्नका लागि पसलमा गइरहेको बेलामा मोटरसाइकलमा आएका तीन जनाको समूहले बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ।

बालिकालाई मोटरसाइकलमा आएकाहरूले जवरजस्ती लगेर बलात्कार पश्चात मध्यरातमा छाडेर गएको बुझिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अहिले बालिकाको स्वास्थ्य परीक्षण गरी परिवारको निगरानीमा राखिएको र बलात्कारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: