
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ४ लाख ६ हजार ७४२ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ३ लाख ६३ हजार ९६५ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा ५ हजार ७६९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ६४ हजार ९४३ पुगेको छ ।
हालसम्म विश्वमा ९ करोड ६९ लाख ५५ हजार ३६४ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ३१ हजार ५२८ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ७ लाख ८६ हजार ४३५ सक्रिय संक्रमित छन् । ती मध्ये ८७ हजार ८३१ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ८१ हजार ६५७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २१ लाख ६९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ४७ हजार २३४ पुगेको छ ।
हाल अमेरिकामा ७३ लाख ६५ हजार १८६ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ४०४ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड १४ लाख ८३ हजार ३७० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ६३ हजार ८०८ जना निको भएका छन् भने २ लाख ७८ हजार ३२७ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा ११ लाख ४१ हजार २३५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १३ लाख ८५ हजार १५८ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १० लाख ५ हजार ४४५ जना निको भएका छन् भने १ लाख ५८ हजार ७६२ जनाको मृत्यु भएको छ ।
हाल भारतमा २ लाख २० हजार ९५१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
