
पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मुल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलाको ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।
यसैगरी, आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
