विश्वभर १२ करोड १८ लाख बढीमा कोरोना संक्रमण, कुन देशमा कति संक्रमित?

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड १८ लाख ३ हजार ९६८ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख २८ हजार ८४५ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ९ हजार ७१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ९१ हजार ८१२ पुगेको छ ।

हालसम्म विश्वमा ९ करोड ८१ लाख ९८ हजार ३१० जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ९७ हजार ९३४ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ९ लाख १३ हजार ८४६ सक्रिय संक्रमित छन् । ती मध्ये ८८ हजार ८७१ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २ लाख ९४ हजार ७९८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २४ लाख ४७ हजार २७५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५० हजार ६४९ पुगेको छ ।

हाल अमेरिकामा ७२ लाख ९६ हजार ८७४ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार २७१ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड १७ लाख ४३१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड २ लाख ८७ हजार ५७ जना निको भएका छन् भने २ लाख ८५ हजार १३६ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा ११ लाख २८ हजार २३८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार ३०२ पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड १० लाख ६१ हजार १७० जना निको भएका छन् भने १ लाख ५९ हजार २५० जनाको मृत्यु भएको छ ।

हाल भारतमा २ लाख ५३ हजार ८८२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: