सप्तरी प्रिमियर लिगको अक्सन सम्पन्न

Share:

सप्तरी। सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत्र ८ गते देखि सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ।

राजविराज स्थित होटल स्टार डिलक्समा आयोजित अक्सनमा लिगमा सहभागी पाँचवटा टिमले कुल ६५ जना खेलाडीहरु टिममा बिभिन्न मूल्यमा भित्र्याएका छन्। अक्सन पछि सबै टिमको खेलाडी संख्या १५ पुगेको छ।

टिमहरुले यस अघिनै मार्की खेलाडीको चयन गरेर अनुबन्धित गरिसकेको थियो भने प्रत्येक टिममा एक जना खेलाडी आयोजकले लोकल आइकोनको रुपमा समाबेश गरेको छ। तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन, बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन, रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन, टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन्।

अक्सनमा ‘ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेटरहरु बसन्त रेग्मी, आसिफ शेख, अनिल शाह, राशिद खान अधिकतम १५ हजार रुपैयाँमा बिक्रि भए। बसन्तलाई बोदे बर्साईनले, अनिललाई बजाज खडक वारियर्सले, आसिफलाई टिभीएस किंग्स राजविराजले तथा राशिदलाई तिलाठी कोइलाडीले भित्र्याएको हो। यस्तै ‘ए’ श्रेणीमा रहेका सुनिल धमलाले भने न्यूनतम मूल्य ८ हजार रुपैयाँ पाए जसलाई रुपनी राईडर्सले भित्र्यायो।

पवन सर्राफ मार्की खेलाडी रहेको बजाज खडक वारियर्सले अनिल शाह बाहेक अनिल खरेल ( रु. ७ हजार ), मुकुन्द यादव ( रु. ११ हजार ), गुलसन झा ( रु. ७ हजार ) जस्ता खेलाडीलाई भित्र्याएको छ।

कुशल भुर्तेल मार्की रेहको रुपनी राईडर्सले सुनिल धमला ( रु. ८ हजार ), लोकेश बम ( रु. ११ हजार ), अमित यादव ( रु. ११ हजार ), फिर्दोश अन्सारी ( रु. ११ हजार ), सुमित झा ( रु. ११ हजार ) जस्ता खेलाडी भित्र्यायो।

दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको तिलाठी कोईलाडीले राशिद खान ( रु. १५ हजार ), सन्तोष कार्की ( रु. ११ हजार ), आदील अन्सारी ( रु. ११ हजार ), रोहण बिके ( रु. ११ हजार ), दिपेश कंडेल ( रु. ११ हजार ) जस्ता खेलाडीलाई टिममा भित्र्यायो।

सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साईन थन्डर्सले बसन्त रेग्मी ( रु. १५ हजार ), योगेन्द्र सिंह कार्की ( रु. ११ हजार ), अविनाश कर्ण ( रु. ११ हजार ), बिशाल सुश्लिंग ( रु. ११ हजार ), नारायण जोशी ( रु. ७ हजार ) जस्ता खेलाडीलाई भित्र्यायो।

मेहबुब आलम कार्की खेलाडी रहेको टिभीएस किंग्स राजबिराजले आसिफ शेख ( रु. १५ हजार ), सोनु तामांग ( रु. ११ हजार ), सोनु अन्सारी ( रु. ११ हजार ), प्रशान्त सिंह ( रु. ११ हजार ) जस्ता खेलाडीलाई टिममा भित्र्यायो।

अक्सनमा नाम दर्ता गरेका कुल १ सय ७५ जना खेलाडीहरुई ‘ए’, ‘बि’, ‘सी’ र ‘डी’ गरि चार वटा ग्रेडमा बिभाजन गरिएको थियो। टिमहरुले ‘ए’ ग्रेडबाट २ जना मात्र खेलाडी तथा ‘बि’, ‘सी’ र ‘डी’ ग्रेडबाट समान ४ जना खेलाडी टिममा राख्न पाउने नियम रहेको थियो।

‘ए’ ग्रेड मा राष्ट्रिय क्रिकेट टिमको लागि खेलेका खेलाडीहरु, ‘बि’ ग्रेडमा कम्तिमा ५ वटा राष्ट्रिय प्रतियोगिताहरु तथा उमेर समुह राष्ट्रिय टिमको लागि खेलेका खेलाडीहरु, ‘सी’ ग्रेडमा कम्तिमा जिल्ला टिमको लागि खेलेका खेलाडीहरु तथा ‘डी’ ग्रेडमा जिल्ला स्तरीय प्रतियोगिता खेलेका खेलाडीहरु समाबेश रहेका थिए।

ए ग्रेडमा रहेका खेलाडीलाई अक्सनमा कम्तिमा ८ हजारबाट अधिकतम १५ हजार रुपैयाँसम्म बोलि लाग्ने नियम रहेको थियो। यस्तै बि ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ७ हजार देखि अधिकतम ११ हजार सम्म, सी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ५ हजार देखि अधिकतम ७ हजारसम्म तथा डी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ३,५०० देखि अधिकतम ५,५०० रुपैयाँ सम्म बोलि लागेको थियो।

अक्सन पछि कुन टिम कस्तो बन्यो

टिभीएस किंग्स राजविराज: मेहबुब आलम ( मार्की खेलाडी ), रोहित कुमार सिंह ( लोकल आइकन ), आसिफ शेख ( रु. १५ हजार ), प्रशान्त सिंह ( रु. ११ हजार ), सोनु तामांग ( रु. ११ हजार ), सोनु अन्सारी ( रु. ११ हजार ), प्रशान्त सिंह ( रु. ११ हजार ), रोबिन कुमार सिंह ( रु. ७ हजार ), कमल खत्री ( रु. ७ हजार ), इकबाल हुसेन ( रु. ५ हजार ५ सय ), रुपेश सिंह ( रु. ५ हजार ), अमल दास ( रु. ५ हजार ), बिबेक यादब ( रु. ३ हजार ५ सय ), संजित साह ( रु. ३ हजार ५ सय ), प्रशान्त शाह ( रु. ३ हजार ५ सय ), सुदर्शन सिंह ( रु. २ हजार ५ सय )

बोदे बर्साईन थन्डर्स: सिद्धान्त लोहनी ( मार्की खेलाडी ), विकास दास ( लोकल आइकन ), बसन्त रेग्मी ( रु. १५ हजार ), योगेन्द्र सिंह कार्की ( रु. ११ हजार ), अविनाश कर्ण ( रु. ११ हजार ), बिशाल सुश्लिंग ( रु. ११ हजार ) , नारायण जोशी ( रु. ७ हजार ), पप्पु कुमार यादव ( रु. ७ हजार ), राहुल कुमार मण्डल ( रु. ७ हजार ), राजिब यादव ( रु. ७ हजार ), आकाश यादव ( रु. ५ हजार ५ सय ), अमन यादव ( रु. ५ हजार ), मोहम्मद सकिम ( रु. ५ हजार ५ सय ), अशन जमल ( रु. ५ हजार ५ सय ), बिशाल यादव ( रु. २ हजार ५ सय )

तिलाठी कोइलाडी: दिपेन्द्र ऐरी ( मार्की खेलाडी ), आशिष झा ( लोकल आइकन ), राशिद खान ( रु. १५ हजार ), सन्तोष कार्की ( रु. ११ हजार ), आदील अन्सारी ( रु. ११ हजार ), रोहण बिके ( रु. ११ हजार ), दिपेश कंडेल ( रु. ११ हजार ), नितेश यादव ( रु. ७ हजार ), मनिष मण्डल ( रु. ७ हजार ), चित्र बहादुर बिस्ट ( रु. ७ हजार ), अमित मण्डल ( रु. ५ हजार ५ सय ), युबराज मण्डल ( रु. ५ हजार ५ सय ), साकेत सिंह ( रु. ३ हजार ५ सय ), दिपेश सर्दार ( रु. ५ हजार ५ सय ), अजय मरिक ( रु. २ हजार ५ सय )

रुपनी राईडर्स: कुशल भुर्तेल ( मार्की खेलाडी ), अनुज कुमार यादव ( लोकल आइकन ), सुनिल धमला ( रु. ८ हजार ) , लोकेश बम ( रु. ११ हजार ), अमित यादव ( रु. ११ हजार ), फिर्दोश अन्सारी ( रु. ११ हजार ), सुमित झा ( रु. ११ हजार ), अनुज कुमार यादव ( रु. ७ हजार ), रेवती यादव ( रु. ७ हजार ), निरज मुखिया ( रु. ७ हजार ), भोला शाह ( रु. ५ हजार ५ सय ) , प्रभु यादव ( रु. ५ हजार ५ सय ), बिकी चौधरी ( रु. ५ हजार ५ सय ), अशोक मेहता ( रु. ५ हजार ५ सय ), बल कृष्ण यादव ( रु. २ हजार ५ सय )

बजाज खडक वारियर्स : पवन सर्राफ ( मार्की खेलाडी ), बिबेक यादव ( लोकल आइकन ), अनिल शाह ( रु. १५ हजार ), अनिल खरेल ( रु. ७ हजार ), मुकुन्द यादव ( रु. ११ हजार ), गुलसन झा ( रु. ७ हजार ), गोमानंद अमात ( रु. ७ हजार ), निरज कुमार यादव ( रु. ७ हजार ), प्रशान्त राई ( रु. ७ हजार ), अजय यादव ( रु. ५ हजार ), पप्पु यादव ( रु. ५ हजार ५ सय ), राज वर्मा ( रु. ५ हजार ५ सय ), अबिसेक कार्की ( रु. ५ हजार ५ सय ), नबिन कुमार मण्डल ( रु. ३ हजार ५ सय ), भिम यादव ( रु. २ हजार ५ सय )

सप्तरी प्रिमियर लिगको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। लिगको आयोजना पटक राज रंगशालामा खेलिनेछ जहाँ दर्शकहरुले खेल हेर्न टिकट काट्नुपर्ने छ। यस अघि प्रतियोगिता पबि स्कुलमा आयोजना हुँदै आएको थियो। लिग सिङ्गल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ।

कमेन्ट गर्नुहोस्
Share: