
लेखनाथ । लेखनाथको खास्टेताल किनारामा आयोजना गरिएको लेखनाथ खास्टे ताल महोत्सबलाई टोल विकास सस्था र आमा समुहको साथ रहने भएको छ ।
महोत्सवमा जाऔँ प्रकृति र सस्कृतिमा रमाऔ भन्ने मुल नाराका पोखरा २६ को लेखनाथमा आयोजना गरिएको प्रथम खास्टे ताल महोत्सबको तयारीका सम्वन्धमा विहिवार भएको टोल बिकास सस्था तथा आमा समुहहरुको भेलाले महोत्सवलाई आफनै चाड पर्वको रुपमा लिदै महोत्सवलाई सफल पार्नु आफुहरुको कर्तब्य भएको बताएका हुन् ।
आन्तरिक पर्यटन प्रवद्धन तथा खास्टे न्यूरेनीतालको प्रचार प्रसारमाा सहयोग पुग्ने गरि संचालन गर्न लागिएको महोत्सवलाई कसरी सफल पार्न सकिन्छ भन्ने बारेमा यहाँका सवै संघ सस्थाहरु सामुहिक रुपमा एकताबद्ध भएर अगाडी वढेको र महोत्वको उद्घाटनका दिन सवै जातजातीको सस्कृती झल्कने गरि आफनो समुहबाट सहभागीता जनाउने र महोत्सवमा रत्यौली गीत प्रतियोगिताको पनि आयोजना गरिने भएको छ ।
खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा यहि चैत्र १२ देखि २२ गतेसम्म हुन लागेको महोत्सव तयारी र यसलाई सफल पार्न सवै तहको सक्रियताले मात्र महोत्सव सफल हुने धारणा राख्दै महोत्सवका सह संयोजक तथा सास्कृतीक कार्यक्रमका संयोजक शिवहरी ढुगानाले आजै देखि तयारीमा जुट्न सवैमा अनुरोध गरेका थिए ।
आयोजक सस्था खास्टे तथा न्युरेनी ताल संरक्षण समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २६ का वडा अध्यक्ष नारायण प्रसाद बराल,वडा सदस्य मुररी थापा,आयोजक सस्थाका महासचिव ईश्वरी प्रसाद अधिकारी,लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष जानुका अधिकारी,महिला समुह परिचालन उप समितिकी संयोजक लक्ष्मी रानाभाट,संघ सस्था परिचालन उप समितिका संयोजक शैलेन्द्र मोहन भटराई,लेखनाथ सामुदायिक सेवा केन्द्रका सस्थापक अध्यक्ष मोती गिरी र स्थानिय प्रकासलाल श्रेष्ठ लगाएतले महोत्सवले आफनो ठाउको परिचयमा थप सहयोग पुग्ने भएकाले सवैको साथ र सहयोग अपरिहार्य भएको बताएका थिए ।
प्रतियोगिता संचालन उप समितिकी संयोजक शान्ति पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सह संयोजक ईन्दु लामिछानेले गरेकी थिईन् ।
