आजबाट विधिवत् रूपमा सुरु भयो होली

Share:

पोखरा । यो वर्षको होली पर्व आज आइतबारदेखि देशभर विधिवत रुपमा सुरुवात भएको छ ।

हनुमानढोका वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ०८ः२६ बजेको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो ।

प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ । करिब ३० फिट अग्लो उक्त चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने गर्छन् ।

आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको छ ।

तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ । यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई–मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ ।

सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा पनि दिँदै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: