पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Share:

पोखरा । पश्चिम चितवनमा आइतबार जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: