
काठमाडौं, माघ २९ । भारतको गुजरातस्थित राजकोट गाउँको शिव मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि मूर्ति राखेर दैनिक पूजा–अर्चना गरिएको छ ।
मन्दिरमा राखिएको मोदीको मूर्ति दर्शनका लागि विभिन्न स्थानबाट उनका समर्थकहरु पुग्ने गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । मन्दिर बनाउन दुई वर्ष लागेको थियो । सुरुमा मोदीको फोटो राखेरै पूजा–अर्चना गरिएको थियो ।

गत वर्षको निर्वाचनमा ‘मोदी लहर’ भारतभर फैलिएपछि मन्दिरको प्रचार पनि बढेको थियो । प्रधानमन्त्री मोदीको मूर्ति बनाउन चार वर्ष र १ लाख ६५ हजार भारु खर्च भएको थियो ।
यता, भारतीय प्रधानमन्त्री मोदीले भने आफ्नो नाममा मन्दिर बनेको थाहा पाएपछि आफू ‘चकित’ भएको बताएका छन् ।
ट्वीटरमार्फत् उनले त्यसो नगर्न आग्रह गर्दै ‘आफ्नो मूर्ति बनाएर मन्दिरमा पूजा गर्नु भारतको महान् परम्परा विपरित’ रहेको उल्लेख गरेका छन् ।
मन्दिरको नाम ‘नमो नमो’ मन्दिर राखिएको छ ।
