
पोखरा । स्थानिय बजारमा आज सोमबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेको छ ।
आज छापावाला सुन तोलामा ८७ हजारमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रहेको छ ।
यसैगरी, आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
