
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या १० करोड नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख ६८ हजार ५५८ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १० करोड २ लाख ६१ हजार ८२९ पुगेको हो ।
हालसम्म विश्वमा कोरोना संक्रमितको कुल संख्या १२ करोड ४२ लाख ८९ हजार १५६ पुगेको छ । गत २४ घण्टामा पनि थप ४ लाख ५ हजार ३७२ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा ७ हजार २१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख ३४ हजार ९८१ पुगेको छ ।
विश्वभर २ करोड १२ लाख ९२ हजार ३४६ सक्रिय संक्रमित छन् । ती मध्ये ९० हजार ८२२ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ५ लाख ७६ हजार ९६२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २८ लाख ४६ हजार ३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५५ हजार ९४५ पुगेको छ ।
हाल अमेरिकामा ७१ लाख ७५ हजार १४ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६०० गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २० लाख ५१ हजार ६१९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ५ लाख ७ हजार ९९५ जना निको भएका छन् भने २ लाख ९५ हजार ६८५ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ४७ हजार ९३९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड ११ लाख ७९ हजार ५९ जना निको भएका छन् भने १ लाख ६० हजार २०० जनाको मृत्यु भएको छ ।
हाल भारतमा ३ लाख ४७ हजार ७१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
