पोखराका ३२ सहित गण्डकीमा मंगलबार थप ३८ जनामा कोरोना पुष्टि, १३ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ३२ जना सहित गण्डकी प्रदेशमा आज मंगलबार थप ३८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका ३८ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ३२ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, म्याग्दीका ५ जना र बाग्लुङका एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.४ का ३६ वर्षीय पुरुष, वडा नं.५ का २८ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.७ का २९ वर्षीय पुरुष, वडा नं.८ का २५, ६२ र ६४ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.९ का ५२ वर्षीय पुरुष, वडा नं.११ का २७ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.१४ का ३७ र ४२ वर्षीया महिला, वडा नं. १६ का २० वर्षीय पुरुष, वडा नं.१७ का २१ र ५७ वर्षीय पुरुष तथा ९९, ३४ र ५२ वर्षीया महिला, वडा नं.२१ की ५० वर्षीया महिला, वडा नं.३० का ४८ र ७३ वर्षीया महिला, वडा नं.३१ का ३३ र ६५ वर्षीय पुरुष तथा १८, ३२, ३४, ४८, २८, २०, ४६ र ४० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का ४४, ३१, ३६–३६ र ३९ वर्षीय पुरुष एवं बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. ८ का ४० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ४०७ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १३ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ९६९ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २३३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २१५ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १९२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३४ हजार ६०० नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: