पोखराको ढुङगेपाटनबाट लागूऔषधसहित दुई युवा पक्राउ

Share:

पोखरा । पोखराको ढुङगेपाटनबाट लागूऔषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ बजे पोखरा–३० ढुङगेपाटन भुगोलपार्क स्थित शंकास्पद अवस्थामा हिडिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय कृष्ण बहादुर गुरुङ र पोखरा–१७ बिरौटा बस्ने ३६ वर्षीय धन बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरु साथबाट डाइजापान १५ एम्पुल, फेनेरागन १५ एम्पुल र नुर्फिन १५ एम्पुल गरी ४५ एम्पुल लागूऔषध बरामद गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास कुमार हमालले जानकारी दिए ।

उनीहरुलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: