लमजुङमा एक पुरुष मृत भेटिए

Share:

लमजुङ । लमजुङमा बिहीबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्ले बजारमा नुवाकोट त्रिशुली नगरपालिका–३ घर भएका ५५ वर्षीय लाल बहादुर लामा मृत अवस्थामा भेटिएका हुन् ।

बिहीबार दिउँसो २ः१० बजे दुईपिप्ले बजारको बाटोमा हिड्ने क्रममा बाटोमा ढलेर लामाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: