पहाडी क्षेत्रमा आंशिक बदली, वर्षाको पनि सम्भावना

Share:

पोखरा । देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा शनिबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोले पहाडी भू–भागका मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, देशको पहाडी क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: