
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ६६ लाख ९३ हजार ६५३ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ६ लाख ३० हजार ९९ संक्रमित थपिएका छन् ।
तीमध्ये १० करोड २१ लाख ५७ हजार ३०२ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ४१ हजार ५३१ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा ११ हजार ५७२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख ७९ हजार १०१ पुगेको छ ।
विश्वभर २ करोड १७ लाख ५७ हजार २५० सक्रिय संक्रमित छन् । ती मध्ये ९२ हजार ४६८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ८ लाख ५३ हजार ३२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३२ लाख ७५ हजार २६८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार १४२ पुगेको छ ।
हाल अमेरिकामा ७० लाख १६ हजार ६२२ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६१० गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २४ लाख ७ हजार ३२३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ८ लाख २४ हजार ९५ जना निको भएका छन् भने ३ लाख ७ हजार ३२६ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ७५ हजार ९०२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १९ लाख ८ हजार ३७३ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १२ लाख ९२ हजार ८४९ जना निको भएका छन् भने १ लाख ६१ हजार २७५ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ४ लाख ५४ हजार २४९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
