‘मनाङ’ आहा ! रारा गोल्डकपको फाईनलमा, उपाधिको लागि थ्रिस्टारसंग भिड्ने

Share:

पोखरा १ फागुन । मनाङ मस्र्याङदी क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको फाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा सुदुरपश्चिमाञ्चल फुटबल क्लब कैलालीलाई २–० ले हराउदै मनाङ उपाधि होडमा पुगेको हो ।

खेलको १७ औं मिनेटमा अनिल गुरुङको गोलबाट अग्रता लिएको मनाङको लागि इन्जुरी समयमा सुजल श्रेष्ठले अर्को गोल थप्दै मनाङलाई उपाधि नजिक पु¥याए । बिजेता मनाङले अब उपाधिको लागि भोलि थ्रिस्टार क्लब संग खेल्नेछ ।

दोस्रो, तेस्रो, दशौ संस्करणको उपाधि बिजेता मनाङ आहा रारा गोल्डकपमा आठौ पटक फाईनल पुगेको हो । आहा रारा गोल्डकपमा पहिलो खेलमा एपीएफलाई १-० ले हराएको सुदुरपश्चिमले क्वार्टरफाईनलमा अल्डरसट टाउन यूकेलाई ३-० गोलले हराएको थियो । मनाङले भने कञ्चनजंघा एफसी सिलगुढीलाई ७-० तथा आमीलाई २-१ ले हराएको थियो । मनाङले जारी राष्ट्रिय लिगमा लिगमा सुदुरपश्चिमलाई ३-० गोलले हराएको थियो । हिजो थ्रीस्टारले पुलिसलाई १-० गोलले पराजित गर्दै फाईनल पुगेको हो ।

प्रतियोगिताको बिजेतालाई ३ लाख ५१ हजार र उपबिजेतालाई २ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए । यस्तै एक जना सर्बोत्कृष्ट खेलाडिले टिभिएस मोटरसाईकल प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक, मिडफिल्डर, गोलकिपर, स्ट्राईकर र डिफेण्डरलाई जनही १० हजार नगद प्रदान गरिनेछ । सर्वाधिक गोलकर्तालाई भने १५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: