राउटे र हात्तीले ग¥यो जंगल फेस्टिभलको शुभारम्भ

Share:

रेम बिक पोखरा, १ फागुन / पोखराको शान्तिबनबाटिकामा शुक्रबारदेखि ‘जंगल फेस्टिभल’ सुरु भएको छ । जंगलमै बस्ने राउटेको समूहले वृक्षरोपण गरेर र फेस्टिभलमा ल्याईएको मुख्य आकर्षण हात्तीले प्रवेशद्वारको रिबन काटेर फेस्टिभलको शुभारम्भ गरेको हो । परिचय नेपालको आयोजना तथा बिग एफएमको प्रस्तुतिमा एक सातासम्म चल्ने ‘भक्सवागन’ जंगल फेस्टिभलको जंगलमा बस्दै आएका लोपोन्मुख जाति राउटेहरुको मुखिया बालकृष्ण शाहिले वृक्षारोपण गरेर उद्घाटन गरेका थिए ।

आयोजकले शुक्रबार बिहान हात्ति र राउटे सहित टाँगा, सर्कस काठमाण्डौँबाट आएका अतिथि टोली सहितलाई ¥यालीमा उतारेको थियो । शान्ति वन वाटिकाबाट शुरु भएको ¥याली पृथ्वीचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै पुनः शान्ति वनमा पुगेर टुंगिएको थियो । परिचय नेपालका अध्यक्ष सोभित बस्यालले फेस्टिभलका लागि झकिझकाऊ शान्तिवनमा दर्शकहरुलाई ‘जंगली अनुभव’ दिलाउन कुनै कसर बाँकी नराखेको बताए । ‘दर्शकको पर्खाई अब सकिएको छ ।’ उनले भने–‘दर्शकहरुको मनोरञ्जनका लागि यो पटक हामीले जंगलमा धेरै कुराहरुलाई समेटेका छौँ ।’

Jungle

‘हरियाली सप्ताह’को थिममा आयोजना हुन लागेको फेस्टिभलमा दर्शकहरुले विभिन्न जातजातिका जनावर, चराचुरुङगीहरुको सामिप्यतामा रम्न पाउने आयोजकको दाबी छ । फेस्टिभलमा जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरुले उनीहरुको रहनसहन, जीवनशैली प्रदर्शन गर्नेछन् । राउटे जातिकै शैलीमा बनेका घरहरु पनि दर्शकहरुको लागि आकर्षण बन्ने आयोजकले अनुमान लगाएको छ ।

जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजाति देखि १८ प्रजातिका चरा देख्न पाईने आयोजकले बताएको छ । १६ थरीका जनवार फेस्टिभलमा हेर्न पाईनेछ । त्यस्तै हात्ति सफारी पनि दर्शकहरुको लागि आकर्षण बन्न सक्ने उसको दाबी छ ।

फेस्टिभलमा दर्शकको मनोरञ्जनका लागि ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती सँगै अरु विविध कार्यक्रमहरु हुने आयोजकले बताएको छ । इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम बल्ल, सुगम पोखरेल, विनोद बानियाँ, कमल खत्री, योगेशकाजी देखि कन्दरा ब्यान्ड, डि–मर्चा तथा बमबहादुर कार्कीको प्रस्तुती रहने आयोजकले बताएको छ । फेस्टिभलमा विश्वप्रसिद्ध ‘सर्कस काठमाडौ’ ले विभिन्न प्रदर्शन गर्नेछ । यस्तै फेस्टिभलमा जंगलकै थिममा आधारित रहेर मोडलहरु ¥याम्पमा पनि हिँड्दैछन ।

विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गर्न लागेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: