
काठमाडौं, फाल्गुन १ । म्यानमारमा यो साता एक जातीय समूहसँगको भिडन्तमा ५० सैनिक मारिएका छन् । कोकान्ङ जातीय विद्रोहीसँगको झडपमा ती सैनिक मारिएको त्यहाँको सरकारी सन्चारमाध्यमले जनाएको हो ।

चिनियाँ सीमानजिकको सान राज्यमा भड्किएको जातीय विद्रोह नियन्त्रणका क्रममा ती सैनिक मारिएको म्यानमारको ‘दि ग्लोबल न्यू लाइट’ नामक समाचारपत्रले जनाएको हो । कोकाङ चिनियाँ हान जातीय समूहका हुन् । यस घटनालाई पछिल्लो दुई वर्षमा भएको निकै ठूलो लडाइँ मानिएको छ ।
सरकारले विद्रोही समूहसँग शान्ति वार्ताको प्रयास गरेकै बेला यो घटना भएको हो । भिडन्तकै कारण हजारौं सर्वसाधारणले आफ्नो घर छाडेको खबर छ ।
चीनले पनि आफ्नो दक्षिणी यूनान प्रान्तको सीमा पार गरेर केही व्यक्ति आफूतर्फ आउन खोजेका जनाएको छ । (एजेन्सी)
