
नवलपुर । नवलपरासी पूर्वमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।
शनिबार राति १०ः३० बजे कावासोती नगरपालिका–१७ गोछाडा स्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्व गोछाडातर्फ जाँदै गरेको ना ५ ख ५८५२ नं.को बसमा सोही दिशातर्फ जाँदै गरेको लु ३८ प ६७९८ नं.को मोटरसाइकलले ठक्कर खाँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कावासोती नगरपालिका–१७ बस्ने २१ वर्षीय देवेन्द्र महतोको उपचारको क्रममा शनिबार राति ११ः४० बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस्तै, सोही ठाउँ निवासी १८ वर्षीय तेज नारायण महत्तो घाइते भइ उपचारको लागि सेन्ट्रल अस्पताल भरतपुर चितवन पठाईएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
