
पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहीे बाँकी क्षेत्रको मौसम आज मंगलबार सामान्यतया सफा रहने छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा मौसम प्रभावित भएको हो।
अहिले बिहान देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
