
पोखरा । नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ५०० रुपैयाँले घटेको छ ।
छापावाला सुन आज तोलामा ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
सोमबार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
