
पोखरा । मंगलबार (आज) कास्कीमा मात्रै थप ३६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनीहरु सबै पोखरा महानगरपालिकाका हुन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का २० वर्षीय पुरुष, वडा नं. ४ की ३६ वर्षीया महिला, वडा नं. ५ की २८ वर्षीया महिला, वडा नं. ६ का ४२ र ५९ वर्षीय पुरुष, वडा नं.७ का २८ वर्षीय पुरुष, वडा नं.८ का ४२, ३० र २५ वर्षीय पुरुष तथा ५७ र ४० वर्षीया महिला, वडा नं. ९ का ६५ वर्षीय पुरुष, वडा नं. १३ का ३८ र ६० वर्षीय पुरुष, वडा नं.१५ का २९ र ५० वर्षीय पुरुष तथा २६ र ४७ वर्षीया महिला, वडा नं.१७ का १६ र २२ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.१९ की ६५ वर्षीया महिला, वडा नं.२९ का ५३ वर्षीय पुरुष तथा २६ र ५२ वर्षीया महिला, वडा नं.३० का २३, १९ र ४८ वर्षीय पुरुष तथा ६३, ३३, ४ र ४३ वर्षीया महिला एवं वडा नं.३१ का ६५ वर्षीय पुरुष तथा २८, ४१ र ६८ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ५६१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ७ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार ४२ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर ३१४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २९२ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १२४ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३५ हजार ६२१ नमुना परिक्षण भएको छ ।
