
पोखरा, २ फागुन-
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान), कास्कीले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गर्ने छैंटौ क्यान इन्फोटेकको सन्दर्भमा आज आइसिटी कन्फरेन्स गर्दैछ ।
पोखराको जिरो किमीस्थित न्यू एरा रेष्टुरेण्टमा बिहान साढे १० बजेदेखि सुरु हुने कन्फरेन्समा मोवाइल टेक्नोलोजी एण्ड सेक्युरिटी, मोवाइल एप्लिकेसन डेभलपमेण्ट, आइसिटी एप्लिकेसन फर सस्टेनेवल प्रोडक्सन एण्ड कन्जप्सन, सर्कुलर इकोनोमी एण्ड रिसोर्स इफिसेन्सी विषयमा सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
आइसिटी कन्फरेन्समा सहभागी हुनेहरुलाई एक थान एन्टिभाइरस र मेलाको ५ वटा टिकट निःशुल्क प्रदान गरिने क्यान कास्कीका महासचिव एवं सूचनाप्रवक्ता विश्वास भण्डारीले जानकारी दिए ।
फागुन ८ देखि ११ गतेसम्म चल्ने मेलामा क्यान कास्कीले निःशुल्क कम्प्युटर मर्मत, एक सय जना विद्यार्थीलाई फ्रि स्कलरसीपमा आफुले अध्ययन गर्न चाहेको कम्प्युटर कोर्ष, ४० जना विद्यार्थीहरुलाई ४५ दिने निःशुल्क हार्डवेयर तालिम तथा रोजगारको अवसर दिँदैछ ।
