
बाग्लुङ । बाग्लुङ बडिगाड गाउँपालिका–१० आइतबार बल्देमा लागेको होली मेलामा दुईजनाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृत्यु हुनेमा निसिखोला गाउँपालिका(७ राजकुटका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका छन् । दुवैको शव दर्लिङको बल्देधुरी भीरमा ५ सय मिटर तल खसेको अवस्थामा फेला पारेको थियो ।
हत्यामा संलग्न रहेका ६ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
