
पोखरा । चौंथो संस्करणको मिसेस कल्चर नेपाल–२०२१ प्रतियोगिता सफल पार्न पोखराको चिप्लेढुङ्गामा रहेको ह्युस्टन कलेज अफ ऐजुकेशन कन्सल्टेन्सीले साथ दिने भएको छ ।
‘हाम्रो संस्कृती हाम्रो पहिचान लोपोउन्मुख संस्कृती जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एन्ड इभेन्टले पोखरामा मिसेस कल्चर नेपाल सञ्चालन गर्दै आइरहेको छ । गत बुधबार पुष्पाञ्जलीकी प्रबन्ध निर्देशक शोभा गौतम र ह्युस्टन कलेज अफ ऐजुकेशनकी प्रबन्ध निर्देशक पबित्रा थापामगर बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बिगत सात बर्ष देखि अध्ययनको लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानडा, युएसए लगाएत अन्य युरोपिएन देशहरूमा बिद्यार्थीहरूलाई उच्च शिक्षा अध्यन गर्न जानको लागि सहजीकरण गर्दै आइरहेको ह्युस्टन ऐजुकेशनले आफ्नो सामाजिक उत्तरदायित्व सँगसँगै आफू महिलाले नै यसलाई सञ्चालन गरेको र महिलाहरू कै ब्यक्तित्व साथै नेतृत्व बिकास गर्ने कार्यक्रम आयोजना गरेकोले आफुले सहयोग गरेको ऐजुकेशनकी प्रबन्ध निर्देशक पबित्रा थापा मगरले जानकारी दिइन् ।
उनले आगामी दिनहरूमा पनि आर्थिक रूपमा बिपन्न तर जेहन्दार बिद्यार्थीहरूलाई प्रबिधि सँगसँगै लैजानका लागि निःशुल्क कम्प्युटर तथा अंग्रेजी भाषाको शिक्षाप्रदान गर्ने समेत उल्लेख गरिन् । हाल ह्युस्टन ऐजुकेशनले आएल्स, टोफेल, पिटिइ लगाएतका कक्षाहरू सञ्चालन गरिरहेको छ ।
पोखरामा यहि चैत्र २५ गते देखि सञ्चालन हुने मिसेस कल्चरको चौथो संस्करण अझै परिस्कृत तवरले सञ्चालन हुने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।
