पोखराबाट ठुलो मात्रामा अवैध लागूऔषधसहित युवक पक्राउ

Share:

पोखरा । पोखराबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

रुपन्देही कोटीहमाई –५ मजगाँवाका २१ वर्षीय विजय चौहान भनिने विज्रेस लोनिया बुधबार राति सवा ८ बजे ठुलो मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् ।

पोखरा–३० पावर हाउस स्थित पृथ्वीराजमार्ग सडक खण्डमा वडा प्रहरी कार्यालय गगन गौडाबाट खटिएको प्रहरी टोलीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा उनलाई दुई सय ९६ थान एम्पुलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार लोनियाको साथबाट डाइजापान एक सय एम्पुल, फेनेरागन ९७ एम्पुल, नुर्फिन ९९ एम्पुल गरी जम्मा २९६ एम्पुल र एक थान मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेका लोनियालाई लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: