मुस्ताङमा मिक्सरमा बेरिएर एक मजदुरको मृत्यु

Share:

मुस्ताङ । मुस्ताङमा मिक्सर मेसिनमा बेरिएर एक मजदुरको मृत्यु भएको छ ।

घरपझोङ गाँउपालिका–३ स्याङ स्थित बेनि जोमसोम सडक खण्डको सडकको साईडको वाल उठाउनको लागि मिक्सर मेसिनमा सिमेन्ट बालुवा राख्ने क्रममा अचानक सोही मेसिनमा बेरिन गई मजदुरको मृत्यु भएको प्रहरीले जनाएको हो ।

शुक्रबार बिहान अन्दाजी १०ः३० बजे भएको उक्त घटनामा म्याग्दी मंगला गाँउपालिका–४ का २० वर्षीय लाल बहादुर रोका भन्ने (सुन्दर रोका) को घटनास्थलमानै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: