
पोखरा । देशभर गत २४ घण्टामा थप १२८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ७६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७३ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १६१ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ।
हाल नेपालमा १ हजार ६१३ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५९ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ७२७ परिक्षण भएको छ भने हालसम्म २२ लाख ८१ हजार ८३२ परिक्षण भएको छ।
कमेन्ट गर्नुहोस्
