नवलपरासी पूर्वमा महिला मृत फेला

Share:

नवलपुर । नवलपरासी पूर्वमा एक महिला मृत फेला परेकी छन् ।

जिल्लाको विनयी त्रिवेणी गाँउपालिका–५ गौरिझोक स्थित बिनयी खोलामा शनिबार बिहान ७ः४५ बजे अन्दाजी ५५ वर्षीया गुड्डी सरा ढेगा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: