गोरखामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

Share:

गोरखा । गोरखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार ना ५ च ३२९८ नम्बरको बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ राङरुङमा सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडी रहेको प्रहरीले जनाएको छ । उपचारका लागि गोरखा अस्पताल ल्याए लगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् ।

घाइतेहरुमा लम्जुङ बेसीशहरका २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिकाका ३० वर्षीय विष्णु दवाडी, २८ वर्षीय अनिल मरहट्टा, १८ वर्षीय अमृत दवाडी, २६ वर्षीय विष्णु न्यौपाने, २९ वर्षीय अमृत दवाडी र तनहुँ व्यास नगरपालिकाका ३६ वर्षीय सुशील नराल रहेका छन् । उनीहरुमध्ये विष्णु न्यौपाने र अनिल मरहट्टालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । बाँकीको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय मिलेर घाइतेको उद्धार गरेका थिए । लम्जुङबाट बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: