देशभर थप १७६ जनामा कोरोना संक्रमण, ११७ संक्रमणमुक्त

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप १७६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७३ हजार २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ११७ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ। पछिल्लो २४ घण्टामा भने कसैको पनि मृत्यु भएको छैन ।

हाल नेपालमा १ हजार ६७२ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५७ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ४५६ परिक्षण भएको छ भने हालसम्म २२ लाख ८५ हजार २८८ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: