आजको मौसम पूर्वानुमान यस्तो छ!

Share:

पोखरा । देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा सोमबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा फाटफुट/हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: