
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड १८ लाख ९७ हजार २८८ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ५ लाख २६ हजार ४५० संक्रमित थपिएका छन् ।
यस्तै, गत २४ घण्टामा ६ हजार ४९० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ लाख ६५ हजार ५१३ पुगेको छ ।
हालसम्म विश्वभर १० करोड ६१ लाख ८३ हजार ३८३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ३७ हजार ४१४ जना निको भएका हुन् ।
विश्वभर २ करोड २८ लाख ४८ हजार ३९२ सक्रिय संक्रमित छन् । ती मध्ये ९८ हजार ८४७ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १४ लाख २० हजार ३३१ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३९ लाख ४६ हजार ७०३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६८ हजार ७७७ पुगेको छ ।
हाल अमेरिकामा ६९ लाख ४ हजार ८५१ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ७१२ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २९ लाख ८४ हजार ९५६ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १३ लाख ५७ हजार ५२१ जना निको भएका छन् भने ३ लाख ३१ हजार ५३० जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ९५ हजार ९०५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२० पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १६ लाख ७९ हजार ९५८ जना निको भएका छन् भने १ लाख ६५ हजार १३२ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ७ लाख ४२ हजार ८३० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
