
पोखरा । पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मंगलबार ग्लोबल प्लास्टिक उद्योगमा काम गर्ने क्रममा पोखरा ३३ प्रगति मार्गका २३ वर्षीय विशाल रायमाझीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
दिउँसो १ः३० बजे उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रायमाझीको गण्डकी मेडिकल कलेज (जीएमसी हस्पिटल) पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
