आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा बुधबारको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले बिहान देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने धेरै भू–भागहरुमा तुवालो लागेको अवस्था छ ।

बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहने छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

यसैबिच, देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडी भू–भागका अधिकांश स्थानहरुमा तुवालो लागेकोले सो बाटसमेत बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: