प्रतिनिधि सभा बैठक बस्दै, विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस हुने

Share:

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो ।

१३ पुस २०७६ मा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसले फरक मत राखे पनि सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो ।

समितिबाट विधेयक पारित भएपछि कांग्रेसले विज्ञप्ती निकालेर उक्त विधेयक सच्याउन माग गरेको थियो ।

नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित र मौलिक अधिकार हनन हुने खालको कतिपय प्रावधान समेटिएको भन्दै उक्त विधेयकको कांग्रेससहित सञ्चारमाध्यमहरुले विरोध जनाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: