लमजुङ बेसिशहरबाट विगत ८ दिनदेखि हराएका युवक मृत फेला

Share:

लमजुङ । लमजुङ बेसिशहरबाट विगत ८ दिनदेखि हराएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ सुन्दरबजार नगरपालिका–६ का २५ वर्षीय उत्सव कोईराला यही चैत्र १८ गते बेसिशहर नगरपालिका–८ बाट हराई बेपत्ता भएकोमा आज बिहीबार मस्याङ्दी नदीको बीच भागमा मृत फेला परेका हुन् ।

बेपत्ता भएपछि प्रहरी टोलि खटि गई खोजतलास गर्दै जाने क्रममा आज बिहान ७ः३० बजे नदीमा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: