बदली र वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी क्षेत्रमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक वदली बदली रहेको छ ।

शनिबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्ह पछि मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुंवालो समेत लाग्न सक्ने सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबिच, देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहको तथा देशका पहाडी तथा तराइ भू–भागका केही स्थानहरूमा तुंवालो समेत लाग्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन मशाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: