बागलुङमा आगलागीबाट दुई घर र एक गोठमा क्षति

Share:

पोखरा । बागलुङमा आगलागीबाट दुई घर र एक गोठमा क्षति पुगेको छ ।

शुक्रबार दिउँसो अन्दाजी १२ः३० बजे भएको आगलागीबाट बागलुङ निसीखोला –४ ओख्रेनी स्थित ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची २ वटा घर तथा खरको छानो भएको कच्ची गोठमा आगलागी भएको हो।

आगलागीबाट स्थानिय ५५ वर्षीय नर बहादुर घिमिरेको घर र गोठ तथा ३५ वर्षीय प्रेम घिमिरेको घरमा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय ५० वर्षीय डिल्लीराज आचार्यले आफ्नै बारीमा सुकेको काँडा र पातहरू जलाउने क्रममा हावाले उडाउँदा दुई सय मिटर माथि रहेका घर तथा गोठमा आगलागी भएको हो ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: