
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड ५२ लाख ८९ हजार ८६९ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ७ लाख ८५ हजार ८९६ संक्रमित थपिएका छन् ।
यस्तै, गत २४ घण्टामा १३ हजार २६८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या २९ लाख २७ हजार ६८४ पुगेको छ ।
हाल विश्वभर १० करोड ८८ लाख ५६ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ५ लाख १४ हजार ७०२ जना निको भएका हुन् ।
विश्वभर २ करोड ३५ लाख ५ हजार ६८२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख २ हजार ३८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १८ लाख २ हजार ७७२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४३ लाख ४६ हजार ७६६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७४ हजार ८४० पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ८१ हजार १६६ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ७८ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ३३ लाख ७५ हजार ४१४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १७ लाख ९१ हजार ८८५ जना निको भएका छन् भने ३ लाख ४८ हजार ९३४ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ३४ हजार ५९५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७८३ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १९ लाख ८७ हजार ९४० जना निको भएका छन् भने १ लाख ६८ हजार ४६७ जनाको मृत्यु भएको छ ।
हाल भारतमा १० लाख ४६ हजार ३७६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
