आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका अधिकांश भू–भागहरूमा आज सोमबारको मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका अधिकांश भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । यस्तै, देशका धेरै स्थानहरूमा तुँवालो रहेको छ।

सोमबार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केहि भू–भागमा तुँवालोको असर रहने छ।

राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

यसैबिच, देशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: