पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना पुष्टि भई उक्त अस्पतालमा उपचाररत कास्की र तनहुँका दुई पुरुषको मृत्यु भएको हो ।

चैत २० गते कोरोना संक्रमण पुष्टि भइ उपचाररत पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको ३० गते सोमबार मृत्यु भएको हो ।

यस्तै, चैत २३ गते कोरोना संक्रमण पुष्टि भइ उपचाररत तनहुँ शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको २९ गते आइतबार मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: