
पोखरा । देशका पहाडी भू–भागमा मंगलबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेकोले पहाडी भू–भागमा मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो रहेको छ।
मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केहि भू–भागमा तुँवालोको असर रहने छ।
यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा क्षेत्रमा सामान्यतया सफा रहने छ ।
यसैबिच, देशको पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका केहि भू–भागमा तुँवालोको असर रहने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
