
काठमाडौँ । दोलखामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा गएराति साढे १० बजेतिर प्रदेश ३–०१–०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु–३ का ३५ वर्षीय विनोद केसी, २४ वर्षीया चण्डीका थापा, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा सडकबाट करिब डेढ सय मिटर तल खसेको हो ।
दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
