
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ करोड ८० लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ७ लाख ३५ हजार ४८६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १३ करोड ८० लाख ६ हजार ९३२ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा १२ हजार ८४८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या २९ लाख ७१ हजार २३८ पुगेको छ ।
हाल विश्वभर ११ करोड १० लाख २७ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ५ लाख ९१ हजार ५२६ जना निको भएका हुन् ।
विश्वभर २ करोड ४० लाख ७ हजार ९५६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ९५ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २० लाख ७० हजार ७८४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४६ लाख २६ हजार ४१० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७७ हजार १७९ पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ६७ हजार १९५ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ५०५ गम्भिर बिरामी रहेका छन् ।
