
पोखरा । देशको पहाडी भू–भागमा आज बिहीबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीको अबस्था रहेको छ ।
बिहीबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।देशका पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
यसैबीच, देशका पहाडी भू–भागका थेरै स्थानमा अपरान्ह/साँझतिर मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखले अनुरोध गरेको छ ।
