
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड ८८ लाख २१ हजार २८८ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ८ लाख ४ हजार ३१६ जनामा कोरोना संक्रमण भएको छ ।
यस्तै, गत २४ घण्टामा १३ हजार ५३२ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या २९ लाख ८४ हजार ९२० पुगेको छ ।
हाल विश्वभर ११ करोड १६ लाख ६ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ५ लाख ६८ हजार ७१३ जना निको भएका हुन् ।
विश्वभर २ करोड ४२ लाख ३० हजार ७५ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ५०८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २१ लाख ४९ हजार २२३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४६ लाख ९६ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७८ हजार ९२ पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ७४ हजार ९७० सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ६७६ गम्भिर बिरामी रहेका छन् ।
